Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अल्जाइमर : पुरुषलाई भन्दा महिलालाई जोखिम बढी

Author Avatar साझा न्यूज 21st December 2021 , 2:33 PM
अल्जाइमर : पुरुषलाई भन्दा महिलालाई जोखिम बढी

एजेन्सी । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमरलाई मस्तिष्कका विकृतिहरुको समष्टिगत रुप पनि भन्ने गरिन्छ । अल्जाइमरले सोच, स्मृति बोली, निर्णय, क्षमता, छनोट तथा व्यक्तित्वमा नै दुष्प्रभाव पार्छ । यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने नयाँ कुरा सिक्न र हिँडडुल गर्न नसक्ने बनाउँछ । यो रोग विस्तारै बढ्दै जाने भएकोले शुरुमा यसको पहिचान हुँदैन, त्यसैले बिरामीले शुरुमा उपचारको आवश्यकता महसुस गर्दैन ।

स्मृति क्षय हुँदै जाने भएकोले बिरामीले खाना पकाउने, लुगा लगाउने, टेलिफोन उठाउनेलगायतका सामान्य दैनिक कामकाज समेत गर्न सक्दैन । लामो समयपश्चात् यो रोग लागेका व्यक्तिहरुले आफ्नो छोराछोरीलाई समेत नचिन्ने हुन्छ । ढल्कदो उमेरसँगै देखा पर्ने यो रोग यति व्यापक भएको छ कि सन् २०५० सम्ममा विश्वका १ प्रतिशतभन्दा बढी मानिसहरुमा यो रोगको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । अल्जाइमरको जोखिमका कारणहरु बढ्दो उमेर ६५ वर्षमुनिका व्यक्तिहरुमा यो रोग कम नै पाइएको छ । पारिवारिक इतिहास परिवारका अग्रज सदस्यहरु कसैमा अल्जाइमर लागेको छ भने त्यस्ता व्यक्तिहरुमा अल्जाइमरको जोखिम बढी हुने गर्छ ।

लिंग पुरुषको तुलनामा महिलाहरुको औसत आयु बढी हुने भएकाले महिलाहरुमा अल्जाइमरको जोखिम बढी हुने पाइएको छ । टाउकोमा लागेको चोटपटकका कारण, मुटुसँग सम्बन्धित समस्याहरु पनि अल्जाइमरको समस्या देखा पर्नमा सहयोगी भूमिका खेल्ने गर्छन् । लक्षण स्मरण शक्ति क्षय हुनु नै अल्जाइमरको पहिलो संकेत हो । अल्जाइमर रोग लागेका व्यक्तिले आफूलाई उक्त रोग लागेको थाहा पाउन नसकेपनि परिवारका अन्य सदस्यहरुले उसमा आएको व्यवहारिक परिवर्तनका कारण उसलाई यो रोग लागेको थाहा पाउन सक्छन् ।

अल्जाइमर लागेपछि स्मरणशक्ति सम्बन्धि निम्नलिखित समस्याहरु देखा पर्न सक्छन् । – महत्वपूर्ण तिथिमिती बिर्सनु । – एउटै प्रश्न बारम्बार सोधिरहनु । – आफ्ना दैनिक काम पूरा गर्न नसक्नु । – ठाउँ, मिती र समयबारे भ्रम पैदा हुनु । – सामाजिक क्रियाकलापहरु सही रुपमा पूरा गर्न नसक्नु । – आफूलाई मनपरेका कुराहरु समेत गर्न नसक्नु । – व्यक्तित्व र मुडमा परिवर्तन आउनु जस्तै साना कुराहरुमा डराउनु । – कुनै पनि सामानहरुलाई राम्रोसँग मिलाएर राख्न नसक्नु । उपचार विधी अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन । खाली चिकित्सले स्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलायहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने मात्रै सिकाउँछन् । नियमित रुपमा गरिने शारीरिक व्यायाम, सामाजिक कार्यमा सक्रियताका कारण यो बढ्ने गतिलाई कम भने बनाउन सकिन्छ । रोकथाम जीवनशैलीका तरिकाले अल्जाइमरलाई घटाउन सकिन्छ । सामाजिक क्रियाकलापहरुमा बढी मात्रामा सक्रिय हुनाले अल्जाइमरको जोखिमलाई कम गराउन सकिन्छ ।

सामाजिक क्रियाकलापमा बढी सक्रिय हुनु तथा दैनिक रुपमा व्यायाम गर्नाले पनि अल्जाइमरको जोखिमलाई कम गर्न सकिन्छ । व्यायाम बढी मात्रामा गरेमा मस्तिष्कको कार्यक्षमता बढाउनमा सहयोग गर्छ । साथसाथै रक्तसञ्चार प्रणालीलाई चुस्तदुरुस्त राख्ने खालका व्यायाम गर्नाले पनि अल्जाइमरको जोखिमलाई कम गर्न सकिन्छ । खानामा चिल्लो पदार्थको कम मात्रामा प्रयोग, सागसब्जी तथा फलफुलको नियमित रुपमा सेवन गर्ने व्यक्तिमा पनि अल्जामरको जोखिम अन्य व्यक्तिको तुलनामा कम हुने गरेको पाइएको छ । भेजिटेरियनमा अल्जाइमरको समस्या कम ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज