आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ पौष २२ गते बिहीबार तद्अनुसार सन् २०२२ जनवरी ६ तारिख पौष शुक्लपक्ष चतुर्थी तिथि धनिष्ठा नक्षत्र सिद्ध योग बब करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः२२ मा हुनेछ ।
आजको राशिफल
मेष – आयस्रोत बढ्नेछ । बल, बुद्धि, शक्ति, सामर्थ्य आदि बढ्नेछन् । ऐश्वर्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृष – कार्यमा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । मान बढ्नेछ । खेलकुद भ्रमणमा रुचि बढ्ला । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनु हुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सुख सन्तति बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछन् ।
मिथुन – भाग्य बल बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभता र यात्रासित सम्बन्धित कार्य बन्नेछन् । मान महत्व बढ्नेछन् । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह बढ्नेछ । सुख समृद्धि बढ्नेछन् ।
कर्कट – समय मिश्रित फलदायक छ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नु पर्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ । व्यस्तता बढ्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ ।
सिंह – सफलताको दर बढ्नेछ । दाम्पत्य सुख शान्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सुख सन्तति बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।
कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिठो भोजन मिल्नेछ ।
तुला – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्ततिसुख बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।
वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । आनन्द बढ्नेछ । आशा उत्साह बढ्ला ।
धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।
मकर – सुख सम्पन्नता बढ्नेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नु हुनेछ । यात्रामा सफलता पाउनु हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।
कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।
मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै विलासमा आकर्षण बढ्नेछ । सुख आनन्द बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्व पूरा गर्नु हुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । यात्रामा सफलता मिल्ला । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।
















































