काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनले सबै सिटमा जित हाँसिल गर्ने दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबाट उठेका उम्मेदवारले जित्ने र यसबाट नयाँ तरंग पैदा हुने बताए।
उनले भने,‘राष्ट्रियसभामा अहिले उठाईएका जम्मै ठाउँमा हामी जित्छौं । विजयी हुनेछौं । त्यो परीणामले पनि एउटा तरंग पैदा गर्नेछ ।’