Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कसले घटायो पुरुषको सङ्ख्या ?

Author Avatar साझा न्यूज 3rd February 2022 , 8:14 PM
कसले घटायो पुरुषको सङ्ख्या ?
ब्यङ्ग्य, सरोकार र चिन्ता जे-जे ब्यक्त गरे पनि समग्रमा ‘पुरुषभन्दा महिला धेरै भए, ती सबै महिलालाई पुरुष कसरी पुऱ्याउने ?’ भन्ने मार्काका टिप्पणीहरू देखिन्छन् । पुरुषको सङ्ख्या किन घट्यो ? भनेर खासै खोजी गरेको देखिँदैन ।
  • बबिता बस्नेत

वि.सं. २०७८ को जनगणनाले महिलाको भन्दा पुरुषको सङ्ख्या कम देखाएको छ । सार्वजनिक भएको प्रारम्भिक तथ्याङ्कअनुसार नेपालको जम्मा जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । जसमा महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ र, पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । प्रतिशतमा महिलाको ५१.०४ र पुरुषको ४८.९६ प्रतिशत हुन्छ । जनगणनामा महिलाको सङ्ख्या पुरुषभन्दा ६ लाख ९ हजार ८ सय ५८ बढी देखिएपछि हामीकहाँ बिभिन्न चर्चा परिचर्चा सुरु भएको छ ।

तथ्याङ्क बाहिर आएको दिनदेखि नै यो सङ्ख्यालाई लिएर सामाजिक सञ्जालमा लेख्न मिल्ने/नमिल्ने, सोच्न मिल्ने/नमिल्ने अनेक प्रकारका प्रतिक्रियाहरू देखिएका छन् । ब्यङ्ग्य, सरोकार र चिन्ता जे जे ब्यक्त गरे पनि समग्रमा ‘पुरुषभन्दा महिला धेरै भए, ती सबै महिलालाई पुरुष कसरी पुर्‍याउने ?’ भन्ने मार्काका टिप्पणीहरू देखिन्छन् । पुरुषको सङ्ख्या किन घट्यो ? भनेर खासै खोजी गरेको देखिँदैन । प्रकृतिले महिला र पुरुषको सङ्ख्यामा सन्तुलन गरेको हुन्छ भन्ने छ । यो मानवजातिमा मात्र नभइ सम्पूर्ण प्राणी जगत्मा लागु भइरहेको कुरा हो ।

नेपालमा महिलाको सङ्ख्या यो दुई-चार वर्षमा बढेको होइन । दश वर्षअघि पनि पुरुषको भन्दा महिलाको सङ्ख्या धेरै थियो । विसं २०६८ को तथ्याङ्कअनुसार, पुरुषको सङ्ख्या ४८.५ प्रतिशत थियो भने महिलाको सङ्ख्या ५१.५ प्रतिशत थियो । हामीकहाँ महिलाको सङ्ख्या बढी हुनुका कारण धेरै हुन सक्छन् । तीमध्ये पुरुषभन्दा महिलाको लामो आयु प्रमुख हुन सक्छ । विश्वमै पुरुषभन्दा महिला बढी बाँच्ने गरेका विभिन्न तथ्याङ्कले देखाएको छ । फ्रेब्रुअरी ४, २०१९ मा प्रकाशित बीबीसीको रिपोर्टमा संसारभर महिलाहरूको औषतआयु पुरुषभन्दा लामो हुने गरेको उल्लेख गरिएको छ । डब्लुएचओका अनुसार, सन् २०१६ मा मानिसहरू ७२ वर्षको औषत आयु लिएर जन्मिएका थिए । लिङ्गको आधारमा छुट्याउँदा महिलाको आयु ७४ वर्ष २ महिना र पुरुषको ६९ वर्ष ८ महिना थियो । सन् २०१० को अमेरिकी जनगणनामा अमेरिकामा १ सय वर्षभन्दा माथि उमेरका ५३ हजार ३ सय ६४ मानिस थिए । उनीहरूमध्ये ९ हजार १ सय ६२ पुरुष र ४४ हजार २ सय २ जना महिला थिए । हामीकहाँ यस प्रकारको तथ्याङ्क छैन ।

तथ्याङ्कहरू हेर्दा प्रकृतिले महिला-पुरुषबीच जन्मदरमा सन्तुलन कायम गरे पनि बाँच्नलाई भने पुरुषलाई कम समय दिएको देखिन्छ ।

बीबीसीका अनुसार, पुरुष भन्दा महिला बढि बाँच्नुका विभिन्न कारण छन् । पहिलो कारण ‘जीन’ हो । मानिसको मृत्युदरका बारेमा विश्वमा ४० देशका तथ्याङ्क उपलब्ध छन् । त्यसमध्ये स्वीडेनमा सन् १७९१ देखि यसप्रकारको तथ्याङ्क राख्न थालिएको हो भने फ्रान्समा सन् १८१६ देखिका तथ्याङ्क छन् । जापान र रुसमा भने बिसौँ शताब्दीको मध्यबाट तथ्याङ्क राखिएको छ । तथ्याङ्क भएका सबै देशमा पुरुषको भन्दा महिलाको आयु बढी छ । तथ्याङ्कहरू हेर्दा प्रकृतिले महिला-पुरुषबीच जन्मदरमा सन्तुलन कायम गरे पनि बाँच्नलाई भने पुरुषलाई कम समय दिएको देखिन्छ । पुरुष भ्रुणहरू महिला भ्रुण भन्दा बढी खेर जान्छन् भन्ने छ । युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डेभिड जेम्सले यो बताएका छन् । उनका अनुसार, यसको एउटा कारण लिङ्ग निर्धारण गर्ने क्रोमोजोम हो । क्रोमोजोममा जीन हुन्छ, एक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै क्रोमोजोम हुन्छ । एक्टर विश्वविद्यालयकी लोर्ना ह्यारिसले पुरुषहरू गर्भावस्थामै मर्ने सम्भावना २० देखि ३० प्रतिशत हुन्छ भनेकी छिन् । लोर्नाका अनुसार, भाले चराहरूमा दुई एक्स क्रोमोजोम हुने भएकाले चरा प्रजातिमा भने पोथी चराभन्दा भाले बढी बाँच्ने गर्छन् ।

पुरुषहरू महिला भन्दा कम बाँच्ने दोश्रो कारण हर्मोन हो । किशोर अवस्थामा हर्मोन परिवर्तन हुन्छ । धोद्रो आवाज, छातीमा रौँ जस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरन नामक हर्मोन जिम्मेवार हुन्छ । किशोरावस्थाको अन्तिमतिर पुरुषमा टेस्टस्टोरन हर्मोन ह्वात्तै बढ्छ । यही समय पुरुषको मृत्युदर पनि बढ्छ । बीबीसीका अनुसार, पुरुषहरूले झगडा, तीव्र गतिमा गाडी चलाउने जस्ता जोखिमपूर्ण काम र आत्महत्या पनि धेरै गर्छन् । अध्ययनहरूले मानव र जनावरहरूमा अण्डकोष नहुनेहरूको आयु बढी देखाएका छन् । महिलाहरूको हर्मोन एन्ट्रोजिनमा शरीरमा हुने हानिकारक तत्वलाई हटाउने गुण हुने भएकाले उनीहरू बढी बाँच्छन् । तेश्रो कारणचाहिँ पेशा र आचरणलाई मानिएको छ । युद्धग्रस्त क्षेत्रमा पुरुषहरूको आयु घट्छ । हामीकहाँ पनि दशवर्षे माओवादी युद्धमा करिब १७ हजार पुरुषहरूको आयु समाप्त भएको थियो । अन्य बिभिन्न आन्दोलनमा पनि महिलाभन्दा पुरुषकै बढी मृत्यु हुने गर्छ । चुरोट, मदिरापान, लागूपदार्थ सेवनलगायतका खानपानले उमेरमा फरक पार्छ । रुसमा धेरै मद्यपानका कारण महिलाहरू भन्दा पुरुषहरू १३ वर्ष अगाडि मर्ने तथ्याङ्क छ । महिलाको आयु लामो भए पनि रोग लाग्ने सम्भावना भने महिलामा ज्यादा हुने देखिएको छ । १६ देखि ६० वर्षको उमेरमा पुरुषभन्दा महिलाहरू बढी अस्पताल पुग्ने रहेछन् ।

वास्तविकता र विभिन्न मुलुकको जनसङ्ख्याको अवस्थाको जानकारीबिना नै हामीकहाँ यसरी टिप्पणीहरू गर्ने गरिएको छ कि मानौँ पुरुषभन्दा बढि सङ्ख्या भएका ती ६ लाख ९ हजार ८ सय ५८ जना महिलाहरू सबै विवाह गर्न ठिक्क परेर बसेका युवती हुन् । दशवर्षे माओवादी युद्धले एकैपल्ट एकल बनाएका करिव १७ हजार महिलाहरूको उमेर र अवस्था अहिले कस्तो होला ? हाम्रो देशमा पुरुषको सङ्ख्या घटाउनमा प्रचण्ड-बाबुरामहरूका साथै सडक तथा अन्य विकासका आधार तय गर्ने नीति-निर्माताहरूको पनि त्यत्तिकै भूमिका छ । प्रत्येक दिन ९ जनाको हाराहारीमा दुर्घटना हुने गरेको छ । सवारीमा पहुँच पुरुषकै बढी भएको हुँदा दुर्घटनाबाट मृत्यु हुने सङ्ख्या पनि पुरुषकै बढी छ । वैदेशिक रोजगारीमा जानेहरू मध्ये पुरुषकै शरीर बाकसमा फर्कने गरेको छ ।

युद्धग्रस्त क्षेत्रमा पुरुषहरूको आयु घट्छ । हामीकहाँ पनि दशवर्षे माओवादी युद्धमा करिब १७ हजार पुरुषहरूको आयु समाप्त भएको थियो । अन्य विभिन्न आन्दोलनमा पनि महिलाभन्दा पुरुषकै बढी मृत्यु हुने गर्छ ।

हामीकहाँ यस्ता कुराहरूको अध्ययन-अनुसन्धान हुने गरेको छैन, तर अध्ययन गर्ने हो भने एकल महिलाभन्दा एकल पुरुषको मृत्यु चाँडै हुने तथ्याङ्क आउन सक्छ । भावनात्मक र ब्यवहारिक कुराहरू पुरुषले भन्दा बढी महिलाले सहन सक्ने देखिएको छ । पत्नीको मृत्यु भएपछि छोटो अवधिमै पतिको मृत्यु हुने देखिएको छ । तर पतिको मृत्युपछि पनि महिलाहरू भने परिवारका सदस्यहरूसँग घुलमिल भएर जीवन बाँच्दै आएका छन् । पत्नीको मृत्युपछि हाम्रो समाज र पारिवारिक संरचनामा पुरुषको जीवन कठिन देखिन्छ ।

अहिले पुरुषकोभन्दा महिलाको सङ्ख्या बढी देखिए पनि जुन प्रकारले हाम्रो समाज अगाडि बढिरहेको छ त्यसलाई हेर्दा अबको केही वर्षमा पुरुषको सङ्ख्या बढ्ने देखिन्छ । यसको मुख्य कारण भ्रुण हत्या हो । छोराको चाहनामा नजन्मदै छोरीको हत्या गर्ने प्रचलन बढ्दै गएको छ । पेटमै छोरा र छोरीको लिङ्ग पहिचान हुने प्रविधिका कारण विभिन्न जिल्लामा छोरीहरूको सङ्ख्या घट्दै गएको छ । महिला र पुरुषमा भएको सङ्ख्याको वृद्धिदर हेर्ने हो भने अहिले नै पुरुषको बढी छ । दुःखलाग्दो कुराचाहिँ के हो भने सामाजिक सञ्जाल प्रयोग गर्ने सचेत मानिएको समूह वास्तविकता बुझ्न भन्दा ब्यङ्ग्य गर्न ब्यस्त छ । महिलाको सङ्ख्या बढेकोमा अब आफूलाई एकभन्दा बढी महिला भागमा पर्ने भए भन्ने प्रकारका टिप्पणी गर्नुलाई बहादुरी ठान्छ । हामी शिक्षित भए पनि सभ्य हुन बाँकी नै छ भन्ने कुरा त्यस्ता टिप्पणीहरूले पुष्टि गर्छन् । – घटना र विचार साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

सुस्ता गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

नैतिकताको ‘दुहाइ’ दिँदै गृहमन्त्री गुरुङले दिए राजीनामा !

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

सुस्तामा नारायणी कटान रोक्न १४ करोडको तटबन्ध

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज