काठमाडौँ। आसन्न स्थानीय निर्वाचनको तयारीबारे जानकारी दिने उद्देश्यले नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सभापति शेरबहादुर देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।
पार्टीले फागुन २९ देखि चैत २९ सम्म एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानको तयारी गरेको छ। घरदैलो अभियान तथा आगामी राणनीतिबारे जानकारी दिन सभापति देउवाले पत्रकार सम्मेनल गर्न लागेका हुन्।