Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म : प्रवक्ता कार्की

Author Avatar साझा न्यूज 13th March 2022 , 4:08 PM
सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म : प्रवक्ता कार्की

नेपालगञ्ज । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आइतबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा उनले विशेष परिस्थितिमा विशेष उद्देश्यका साथ गबन्धनको निर्माण भएको र यो गठबन्धनले संविधानको रक्षा गरेको बताए ।

‘यो गठबन्धनले कानुनी शासनको प्रत्याभूति गरेको छ र सुशासन दिने जुन सरकारको दायित्व हो, त्यो सरकारले जनतालाई प्रत्याभूत गरिरहेको छ’, उनले भने, ‘यो गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहन्छ ।’ आसन्न निर्वाचनमा आवश्यकता अनुसार वास्तबिकतालाई गम्भीर रुपले विश्लेषण गरेर अगाडी बढ्ने कांग्रेस नेता समेत रहेका कार्कीले बताए ।

गठबन्धन कसैका विरुद्ध नगरिएको प्रष्ट्याउँदै उनले भने, ‘यो कुरा धेरै पटक सम्माननीय प्रधानमन्त्री ज्युले पनि अभिव्यक्त गरिसक्नु भएको छ, यो गठबन्धन मुलुकको एकता र स्थिरताको लागि हो, कसैका विरुद्ध होइन ।’ कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी जनताको भावना अनुसार चल्ने बताए । सरकारको ध्यान तीनै तहको निर्वाचन सम्पन्न गर्नमा केन्द्रित रहेको भन्दै कार्कीले भने, ‘समाजलाई एकताबद्ध गराएर तीन वटै तहको निर्वाचनलाई शान्तिपूणर् र निश्पक्ष रुपमा सम्पन्न गर्ने हो ।

’ एमसिसी सम्झौताका विषयमा बाहिर अनेक खालका भ्रम फैलिएको भन्दै उनले एमसिसी नेपालको संविधान र कानुनभन्दा माथि नभएको प्रष्ट्याए । ‘एमसिसी सम्झौता पल्टाएर हेर्नुस् एमसिसी र नेपालको कानुन बाझियो भने नेपालको संविधानमाथि हुन्छ भनेर स्पष्ट रुपमा लेखिएको छ’, प्रवक्ता कार्कीले भने । कोरोना महामारीका कारण विश्वभरको अर्थतन्त्र कमजोर हुन पुगेको र नेपाल पनि अछुतो रहन नसकेको बताए ।

‘कमजोर अर्थतन्त्रमा कोभिडको पनि धेरै ठूलो प्रभाव परेको छ, हाम्रो अर्थतन्त्र श्रीलंकाको जस्तो, पाकिस्तानको जस्तो अवस्थामा पुगेको छैन’, उनले भने, ‘अर्थतन्त्रलाई मजबुद बनाउन सरकारको ध्यान केन्द्रित छ, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ ।’ व्यापार घाटा कम गर्नका लागि सबैभन्दा सबल आधार विद्युत निकासी नै भएको बताए । ‘त्यसका लागि हामीलाई ट्रान्समिसन लाईनको आवश्यकता छ, एमसिसीबाट प्राप्त ट्रान्समिसन लाईनलाई हामीले पाँच वर्षमा पूरा गर्न सक्यौं र ३० हजारभन्दा बढी मेगावाट विद्युत क्षमता छ, यसले व्यापार घाटालाई कम गरेर मुलुकको पूर्वाधार निर्माण र सामाजिक सुरक्षामा हामी खर्च गर्न सक्छौं’, मन्त्री कार्कीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

जडीबुटी संकलन गर्न गएका हुम्लाका १० जना सम्पर्कमा आए

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

उर्लाबारीका नागरिकले उठाए विकास र सेवा सुधारका सवाल

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज