Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्नातकोत्तर तह नेपाल भाषा अध्ययनका लागि पहल

Author Avatar साझा न्यूज 9th August 2021 , 2:44 PM
स्नातकोत्तर तह नेपाल भाषा अध्ययनका लागि पहल

काठमाडौ । नेवाः विद्यार्थी युनियनको पहलमा रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातकोत्तर  (एम.ए.) तहमा अध्ययन गराउन  मार्ग राख्दै क्याम्पसका प्रमुख जीवनधर ज्ञवाली  तथा  त्रिभुवन विश्वविद्यालय डिन कार्यालय, मानविकी विभागलाई संयुक्त रूपमा साउन २१ गते ज्ञापन पत्र हस्तातरण  गरेका छन् ।

सो ज्ञापन पत्रमा नेपालको संविधान (२०७२) को प्रस्तावनामा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधता बीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै  जातिय, भाषिक, विभेद अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने भनिएको छ ।

त्यसरी नै उक्त संविधानको भाग ३ मौलिक हक र कर्तव्यको धारा (३१) मा शिक्षा संबन्धि हकको (५) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक हुनेछ र धारा (३२) भाषा तथा संस्कृतिको हकको (१) मा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ तथा (३) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यताको संवद्र्धन र संरक्षण गर्ने हक हुनेछ भनिएको छ ।

उपरोक्त परीप्रेक्षमा, यस क्याम्पसमा स्नातक तहमा नेपाल भाषा विषयको पठनपाठन गराउने व्यवस्था लामो समयदेखि हुँदै आएको छ । केही वर्ष यता यस विषयको पठनपाठन हुन नसकेता पनि अहिले पुनः बि.ए. प्रथम वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको कक्षा संचालन गरी सुचारु हुन गएकोमा श्रीमान् लगायत क्याम्पस प्रशासन र त्रि.वि.वि. मा हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।

नेपालभाषाको लिखत परम्परा आजभन्दा ११०० वर्ष अघिदेखि शुरु भएको हो । नेपालको सामाजिक र सांस्कृतिक सभ्यताको अध्ययन गर्न यस्को विषेश महत्व छ । नेपालभाषा र नेपाललिपिमा लिखित हजारौं अभिलेखहरु आज देश भित्र र देश बाहिरका विभिन्न ठूलठूला अभिलेखालय, पुस्तकालय र देशभित्रका बहाबही र जनसुमदायको धुकुटीहरुमा संरक्षित छन् ।

यस नेपालभाषा विषयको अध्ययन अध्यापनको लागि त्रि.वि.को मनविकी विभाग डिन कार्यालयले २०३० को दसक देखि नै स्नाकोत्तर (एम.ए.) को व्यवस्था गरी केन्द्रिय नेपाल भाषा विभाग को स्थापना गरी पाटन ढोका मा संचालन भैरहेको छ । हाल त्यहाँ स्नातकोत्तर र विधाविारिधी (एम.ए. र पिएडी) गर्ने व्यवस्था रहेको छ ।

यस नेपालभाषा विषयको अध्ययन गर्न चाहने धेरै विद्यार्थीहरुलाई उक्त स्थान दुरीको कारणले अपायक परेको र अध्यापनको समय समेत अनुकूल हुन सकिरहेको छैन । तसर्थ यस रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौंमा एम.ए. कक्षा संचालन गरि दिनु हुन हामीले बारम्बार अनुरोध गरिदै आएका हौं । हामीले केही समय अघि २०७७।१०११ समेत पत्र लेखि अनुरोध गरेका थियौं ।

यस विषयमा क्याम्पस प्रशासनले दश (१०) जना विद्यार्थी अध्ययन गर्न क्याम्पसमा भर्ना हुन चाहेमा उक्त व्यवस्था गरिदिने आश्वसन प्राप्त गरेका थियौं । सो अनुरुप नेपालभाषा विषय अध्ययन गर्न चाहने विद्यार्थीको आवश्यक संख्या पूरा भएको जानकारी गराउँदा पनि हालसम्म यस बारेमा ठोस कदम चालिएको देखिएन । हाल यस विषय अध्ययन गर्न चाहने विद्यार्थीहरु लगभग २० जना भएको र सो भन्दा बढी हुन सक्ने देखिन्छ । तसर्थ यसै शैक्षिक सत्र देखि उक्त विषयको अध्यापन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

यस्तो रहेको छ ज्ञापन पत्र :-

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकारी विद्यालय व्यक्तिको जग्गामा

सरकारी विद्यालय व्यक्तिको जग्गामा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

लुम्बिनीमै चम्कियो कपिलवस्तु प्राविधिक प्रतिष्ठान, स्वास्थ्य शिक्षामा उत्कृष्ट नतिजा

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य क्षेत्रका सुधारका कार्यक्रम कार्यान्वयनमा

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

योग र ध्यानमार्फत अन्तर्राष्ट्रिय आरोग्य दिवस

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज