Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जुम्रा किन पर्छ ? यस्ता छन् कारण

Author Avatar साझा न्यूज 31st August 2021 , 7:21 PM
जुम्रा किन पर्छ ? यस्ता छन् कारण

जुम्रा भनेका निकै साना किराहरु हुन् । तिनीहरु यति साना हुन्छन् कि तिनीहरुलाई नांगो आँखाले सजिलै देख्न पनि निकै गाह्रो हुन्छ । सामान्यतः जुम्राको आकार एउटा तोरीको गेडा जत्रो मात्र हुन्छ । तिनीहरु विशेष गरेर खैरो र कालो र रङ्गको हुन्छ ।

जुम्रा प्यारासाइट वर्ग अन्तर्गत पर्दछ । अरु प्राणीमा निर्भर भएर बाँच्ने प्राणीहरुलाई प्यारासाइट भनिन्छ । जुम्रालाई पनि बाँच्नका लागि हाम्रो छालाको न्यानोपन चाहिन्छ । यसले खानाको रुपमा हाम्रो शरीरको केही रगत पनि खाने गर्छ । तर यसले लामखुट्टेको तुलनामा हाम्रो शरीरबाट निकै कम रगत खाने गर्छ । यसको खुट्टामा केही टाँसिने पदार्थहरु पनि हुन्छन् । जसको मद्दतले यो हाम्रो कपालमा टाँस्सिएर बस्ने गर्छ ।

जुम्रा हाम्रो टाउकोमा बस्दा अण्डा पनि पार्ने गर्छ । जुम्राको अण्डालाई निट्स भनिन्छ । एउटा जुम्राको औसत आयु ३० दिनको हुन्छ । यसले एक दिनमा ८ वटासम्म अण्डाहरु पार्न सक्छ । जुम्राले आफ्नो अण्डालाई कपालमा टाँसेर राख्ने गर्छ । तपाईंहरुले जुम्रा परेको टाउकोमा सानो सेतो वस्तु देख्नुभयो भने त्यो जुम्राको अण्डा हुनुसक्छ । अण्डा फुटेपछि त्यहाँबाट स–साना जुम्राहरु निक्लिन थाल्छन् । तिनीहरुले कुनै ठूलो हानी त गर्दैन तर तिनीहरुले गर्दा टाउको भने चिलाउने गर्छ । विशेष गरेर राति टाउको चिलाउने गर्छ । टाउको धेरै चिलायो भने हाम्रो छालामा घाउ पनि हुन सक्छ ।

जुम्राले सबैलाई मन पराउँछ

जुम्रा अन्य प्राणीहरुमा भर पर्ने जीव हो । त्यसैले यसले आफ्नो घर जोकोहीको टाउकोमा पनि बनाउन सक्छ । त्यो मानिस सफा होस् या मैला, कालो होस् या गोरो यो जसको पनि टाउकोमा पर्न सक्छ । त्यसैले कसैले जुम्रा परेकोलाई फोहोरी भन्छ भने त्यसलाई जुम्राले सबैलाई मन पराउँछ भन्ने कुरा थाहा रहेनछ भन्नुपर्ला । जुम्रा कक्षाको सबैभन्दा सफा विद्यार्थीको टाउकोमा पनि पर्न सक्छ । जुम्रा स्कूल र कक्षामा एकबाट अर्कोमा चाँडो सर्ने गर्छ । किनभने त्यहाँ सबैजना सँगै बसेर पढ्ने र खेल्ने गर्छन् । ठूला मानिसहरुभन्दा पनि धेरै कुराहरु साटासाट गरेर चलाउने हुँदा पनि साना बालबालिकाहरुलाई चाँडै जुम्रा सर्ने गर्छ ।

जुम्राहरु उपियाँ जस्तै उफ्रन वा उड्न सक्दैनन् । तर दुईजनाले एउटै टोपी, काइँयो आदि प्रयोग गर्यो भने जुम्रा सजिलै एकबाट अर्कोलाई सर्न सक्छ । कहिलेकाहीँ त एउटै लुगा, सिरानी र खाट प्रयोग गर्दा पनि जुम्रा सर्ने गर्छ । जुम्रा कुनै पनि यस्ता वस्तुहरुमा अड्केर बसेको छ र त्यही सामाग्री अर्को व्यक्तिले प्रयोग गर्यो भने पनि जुम्रा सर्ने गर्छ । अझ कहिले त दुईजनाको टाउको एकआपसमा ठोकियो भने पनि एकबाट अर्कोमा जुम्रा सर्ने गर्छ ।

जुम्राको रोकथाम कसरी गर्ने ?

कसैको टाउकोमा जुम्रा पर्यो भने त्यसलाई लुकाइरहनु हुँदैन । जुम्रा परेको कुरा लुकाउँदा त त्यहाँ भएको जुम्राले धेरै अण्डा पारेर टाउको झन चिलाउन सक्छ । स्कूलमा पढ्ने विद्यार्थीले यो कुरा आफूभन्दा ठूलोलाई भन्नुपर्छ । अनि मात्र जुम्राको रोकथाम गर्न सजिलो हुन्छ ।

टाउकोमा जुम्रा पर्यो भने जुम्रा मार्ने साबुन वा क्रिमको प्रयोग गर्नुपर्छ । राम्रो खाले काइँयोको प्रयोग गरेर कपालमा अड्केर रहेका जुम्राका स–साना अण्डाहरुलाई हटाएर फाल्नुपर्छ । यसो गरेपछि जुम्रा आफैं हराएर जान्छ । तर यो तरिकालाई केही दिनको अन्तरालमा फेरि प्रयोग गरे राम्रो हुन्छ । किनभने टाउकोमा अझै पनि जुम्राका केही अण्डाहरु हुनसक्छन् । जुम्रा मार्ने साबुन, तेल वा क्रिमको प्रयोग गरेपछि कपाल सुकाउने मेसिनको प्रयोग चाहिँ गर्नु हुँदैन । किनभने तिनीहरुमा भएको रसायन ताप पायो भने बल्न पनि सक्छन् । यसरी हाम्रो कपाल डढ्न पनि सक्छ ।

जुम्राको आयु छोटो हुन्छ । केही दिनमा नै यो मरिहाल्छ । तर यसले छोटो जीवनकालमा पनि धेरै अण्डा पार्ने र बच्चा जन्माउने हुँदा जुम्रा परेपछि एकपटक आफ्नो कपडाहरुलाई तातोपानीमा धुनु राम्रो हुन्छ । लुगालाई हावा नछिर्ने झोलामा १० दिनसम्म राख्यो भने पनि त्यहाँ भएको जुम्रा मर्ने गर्छ । एक पटक आफ्नो कोठालाई पनि राम्ररी सफा गर्नुपर्छ । किनभने टाउकोमा औषधी प्रयोग गर्नु पहिले पनि केही जुम्रा भुँई वा अन्य भागमा झरेका हुन सक्छन् । कहिलेकाहीँ जुम्राबाट छुट्कारा पाउन निकै गाह्रो हुन्छ । यस्तो बेला भने डाक्टरकै सल्लाह लिनु राम्रो हुन्छ । यसको लागि अझै कडा औषधीको प्रयोग गर्नुपर्छ ।

जुम्रा अवश्य पनि हामी कसैको लागि राम्रो होइन । त्यसैले यसलाई हामीबाट सँधै टाढा राख्न माथिका उपायहरु प्रयोग गर्न सकिन्छ । यसको साथसाथै हामीले कहिलेपनि अरुको काइँयो वा अन्य कुनै लुगा, टोपी जस्ता सामाग्रीहरु प्रयोग गर्नुहुँदैन । यदी हामीले अरुको सामाग्रीहरु प्रयोग गरेनौँ भने हामीलाई कहिले पनि अरुबाट जुम्रा सर्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज