Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (११ माघ २०७८ मंगलबार, २६ जनवरी २०२२)

Author Avatar साझा न्यूज 25th January 2022 , 6:41 AM

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ माघ ११ गते मंगलबार । तद्अनुसार सन् २०२२ जनवरी २५तारिख माघ कृष्णपक्ष अष्टमी तिथि चित्रा नक्षत्र ८ः२१ पर स्वाती नक्षत्र धृति योग ०ः३७ पर शूल योग बालव करण आनन्दादिमा ध्वाँक्ष योग, चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा र सूर्यास्त साँझ १७ः३७ मा हुनेछ । भौमाष्टमीव्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – परिवारिक सुख र आरोग्यता बढ्नेछ । आफन्तले काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । बल, बुद्धि, शक्ति, सामर्थ्य आदि बढ्नेछन् । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला । सार्थक कार्यमा रुचि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ ।

वृष – आरोग्यता बढ्नेछ, धन वृद्धि हुनेछ । ठूला व्यक्ति हरुबाट आलोचना हुने योग छ । कसैसँग वादविवादको सम्भावना पनि छ । परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन्, सावधान रहनुहोला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । मित्रजनको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछन् ।

मिथुन – प्रेम शक्ति बढ्नेछ । मित्रमिलन होला । तथापि, झमेलाको सामना गर्नुपर्ने योग छ । काममा बाधा दिनेले प्रगतिमा रोकावट ल्याउन सक्छन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग भने छ । सन्तानसुख मिल्नेछ । यात्रासित सम्बन्धित कार्य बन्नेछन् । नयाँ सम्भावना देखापर्ने छ ।

कर्कट – समय मिश्रित फलदायक छ । आजको दिनमा तपार्इंले सोचेको काम पूरा हुन सक्छ । पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल होला । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । व्यस्तता बढ्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।

सिंह – आयस्रोत बढ्नेछ । रोकिएको काम बन्नेछ । आर्थिक लाभ हुने दिन छ । आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोजभत्तेरमा सम्लग्न भइ ठूला व्यक्तिको विश्वास लिन सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । धन मान सुख समृद्धि बढ्नेछन् । सोचीविचारी काम गर्नुपर्ला । कठोर परिश्रमले समस्याको समाधान मिल्ला ।

कन्या – समय त्यति शुभ नहुनाले भाग्यले साथ दिने छैन । धनको नाश पनि होला । विवाद बढ्ने सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । प्रेमपात्रको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिठो भोजन मिल्नेछ ।

तुला – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आज तपाइको धनलाभको योग छ साथै दिन खुशीसाथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछने । आय वृद्धि भैरहनेछ । यात्रा होला । विवाद आदिप्रति सचेत भै अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । परिवारमा खुशिको माहोल छाउनेछ । नयाँ ठाउँको यात्रा हुने योग छ, पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । इष्टमित्र सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । भोगविलासमा रुचि बढ्ला ।

मकर – समय मध्यमस्तरको छ । मिठो भोजन खान पाउनुहुनेछ । शरिरमा रोगले सताउन सक्छ । काममा सफलता पाउन गारो पर्ला । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । सोचेको काममा भने बाधा ब्यहोर्नुपर्ला । अरुको काम धेरै गर्नु पर्ला जश पाउने सम्भावना चाहिँ कमै रहनेछ । काम गरेअनुसार फल भने थोरै मिल्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्न सक्छ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला ।

मीन – नियमित काममा सफलता मिल्नेछ । पढाइमा सफलता मिल्ने दिन छ । नयाँ काममा ध्यान दिएमा मान सम्मान मिलनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज