कपिलबस्तु, माघ १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलबस्तुले निर्वाचन आयोगका निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको पुत्ला दहन गर्दै विरोध प्रर्दशन गरेको छ । राप्रपा कपिलबस्तुले कपिलबस्तुको बुद्धभुमि नगरपालिका १० विजगौरी चौकमा निर्वाचन आयुक्त थपलियाको पुत्ला दहन गरेको हो ।
कोण सभामा बोल्दै राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले राप्रपाको विधानबाट सनातन हिन्दु राष्ट्र र राज संस्था सहितको प्रजातन्त्र भन्ने तथा झण्डाबाट गाई चिन्ह हटाउनु पर्ने कदमको विरोध गर्दै पुत्ला दहन गरेको बताए । निर्वाचन आयोगले आफ्नो कदम नसच्चाए सम्म विरोध कार्यक्रम जारी राख्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा युवा मोर्चाका अध्यक्ष घनश्याम चौधरी, प्रजातन्त्रीकका क्षेत्रीय अध्यक्ष दीप कुमार पासी लगायतको सहभागिता रहेको थियो ।
















































