Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेता त्रिपाठीलाई मतदाताको प्रश्न कोभिडको खोपमा समेत किन कमिसनको काण्ड घटाउनुभयो ?

Author Avatar साझा न्यूज 5th November 2022 , 1:53 PM
नेता त्रिपाठीलाई मतदाताको प्रश्न कोभिडको खोपमा समेत किन कमिसनको काण्ड घटाउनुभयो ?

काठमाण्डौ । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार हृदेयश त्रिपाठीले कोरोनाको भ्याक्सिन खरिद गर्दाको कमिसन काण्डका बारेमा अहिले मतदाताको सामना गर्नु परेको छ । चुनावी अभियानमा रहेका त्रिपाठीलाई टोलटोलमा जादा यहाका मतदाताले यहि प्रश्न तेस्र्याएका छन् ।

कोरोना महामारीका समयमा त्रिपाठी स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा थिए । कोरोनाले देशभरका नागरिक आहत भईरहदा देशभरबाट शिघ्र खोप व्यवस्थापनका लागि सरकारमाथि दवाव परेको थियो । सरकारले खोप आयातका लागि कोभिसिल्डसँग सम्झौता गरेपछि पहिलो चरणको खोप आयात भएको थियो । तर, दोस्रो चरणको खोप आयात अवरुद्ध गरेर त्रिपाठीले कसिमन काण्ड घटाएका थिए । जुन समाचार त्यतिबेलै कान्तिपुर लगायत देशका प्रमुख समाचार माध्यममा प्रमुखताकासाथ प्रकाशित भएको थियो ।

के पी ओली नेतृत्वको एमाले सरकारको स्वास्थ्य मन्त्री बनेका त्रिपाठीले खोप खरिद गर्दा बालुवाटारबाटै डिल भएको भन्दै कमिसनको खेलमा प्रधानमन्त्री नै संलग्न रहेकाले आरोप लगाएका थिए । पहिलो डोज खोप लगाएका करिब २ लाख नागरिकलाई अनिवार्य लगाउनुपर्ने दोस्रो डोज खोप लगाउन बन्चित गरेर मन्त्री त्रिपाठी कमिसनको खेलमा रहेको समाचार कान्तिपुरमा प्रकाशित भएको थियो । कोभिसिल्डको दोस्रो डोज खोप आयात गर्दा तत्कालिन प्रधानमन्त्री ओलीले आफु निकटका ब्यापारी सुरज बैद्यलाई कमिसन एजेण्ट बनाएर करौडौ रुपैयाँको घोटाला गर्न लागिएको आरोप पनि त्रिपाठीले लगाएका थिए ।

गत निर्वाचनमा एमालेबाटै चुानाव जितेका त्रिपाठीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीमाथि आरोप लगाएपछि एमालेले उनलाई वेवास्ता गर्न थालेको थियो । एमालेमा कुनै हैसियत नहरने अवस्था आएपछि त्रिपाठीले जनता प्रगतिशिल पार्टी खोलेका थिए । नवलपसारीको प्रतापपुरमा घरदैलो गर्दै हिडेका त्रिपाठीलाई स्थानीय श्याम पाण्डेले आफ्नी बृद्ध आमाले कोभिसिल्डको दोस्रो डोज खोप लगाउन नपाएको त्यसको कारण त्रिपाठीको कमिसन मोह रहेको भन्दै आक्रोश पोखे ।

स्वास्थ्य मन्त्री रहेका बेलामा समेत यहाँका जनतालाई खोप लगाउने व्यवस्था मिलाउन आवस्यक ठान्नु भएन । यस्तो गैर जिम्मेवार व्यक्तिलाई फेरी चुनाव जिताउनुको के अर्थ रहन्छ ? पाण्डेले भने । बर्दघाट नगरपालिकाका चुनावी भेटघाटमा पनि त्रिपाठीले मतदाताको यहि प्रश्नको सामना गर्नु परेको छ । बर्दघाट नगरपालिका २ का विशाल पौडेलले प्रश्न गरे– तपाईँले कोरोनाको समयमा हामीलाई खोपको समेत व्यवस्था गर्न आवस्यक ठान्नु भएन ।

उल्टो कमिसन नपाएका कारण खोप आयात रोकिएको समाचार राष्टिय दैनिकहरुमा पढ्नुपर्दा हाम्रो शिर निहुरिएको छ । हाम्रो भोटलाई तपाईँले कमिसन सँग साट्दै आउनु भएको छ । कमिशन काण्डमा प्रधानमन्त्रीलाई नै मुछ्ने प्रयास गरेपछि ओलीले त्रिपाठीलाई स्वास्थ्य मन्त्रीबाट हटाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज