Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रदेश २ : नाम र राजधानीका लागि आज मतदान हुँदै

Author Avatar साझा न्यूज 17th January 2022 , 11:49 AM
प्रदेश २ : नाम र राजधानीका लागि आज मतदान हुँदै

प्रदेश २ को नाम र स्थायी राजधानीमा दलीय सहमति जुट्न नसकेपछि अन्तत: मतदानबाटै टुंगो लाग्ने भएको छ । सभामुख सरोजकुमार यादवको नेतृत्वमा रहेको बिशेष समितिले प्रदेशको नाम र स्थायी राजधानीका लागि ६ बुँदे निष्कर्षसहित प्रदेशसभामा प्रतिवेदन पेस गरेको छ । आज (सोमबार) बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ। समितिले प्रतिवेदनमा प्रदेशको नामका लागि मधेस, जानकी, मिथिला भोजपुरा र मध्य मधेसमा मतदान गर्न सुझाव दिएको छ ।

त्यस्तै स्थायी राजधानीका लागि आएको ६ वटा प्रस्तावलाई समितिले ३ वटामा झारेको छ । स्थायी राजधानीका लागि जनकपुरधाम (उत्तरमा ढल्केवरस्थित पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमा) पहिलो प्रस्ताव गरिएको छ । सो प्रस्तावमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहेको जनाइएको छ । त्यसैगरी दोस्रो प्रस्तावमा वीरगञ्ज (पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरादेखि निजगढ हुँदै सिमरौनगढसम्म) राख्ने प्रस्ताव गरिएको छ । तेस्रोमा वीरगञ्ज महानगरपालिकालाई राजधानीका लागि प्रस्ताव गरिएको छ । आइतबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक एक घण्टा ढिलो सुरु भएको थियो ।

सोमबार प्रदेशको नाम र स्थायी राजधानीको निर्क्यौल गर्न मतदान प्रकृया अगाडि बढाउन आवश्यक तयारीसमेत आइतबार नै गरिएको थियो । दलहरु आ–आफ्नै अडानमा विशेष समितिको प्रतिवेदन प्रदेशसभामा पेस भएपछि प्रदेशसभा सदस्यहरुलाई सो प्रतिवेदनमाथिको छलफलमा सहभागी गराइएको थियो । प्रतिवेदनमाथिको छलफलमा राजनीतिक दलहरु आ–आफ्नै अडानमा देखिए । प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्न दलहरुबिच मतैक्यता रहे पनि केही प्रदेशसभा सदस्य भने राजधानी वीरगंज हुनुपर्ने अडानमा छन् । जसपा र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम मधेस हुनुपर्ने वकालत गरे भने नेपाली काँग्रेसका सदस्यहरुले मिथिला भोजपुरा र नेकपा एमाले तथा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम जानकी हुनुपर्ने अडान दोहो¥याए ।

केही प्रदेशसभा सदस्यहरुले भने मध्यमधेस नाम हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशको स्थायी राजधानी र नाम तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश २ प्रदेशसभामा सभामुखसहित १०४ जना छन् । दुई तिहाइको संख्या पु¥याउन कम्तीमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । मधेसको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ प्रदेशसभा सदस्य छन् । सभामुखले मत बराबर भएको अवस्थामामात्र आफ्नो मत हाल्न पाउने छन् । सभामुखलाई छोड्ने हो भने मधेस प्रस्तावको पक्षमा ६२ जना प्रदेशसभा सदस्य छन् । एक प्रदेशसभा सदस्य रहेको नेपाल संघीय समाजवादी पार्टीले मधेसमै समर्थन गरेकाले त्यो मत जोड्दा मधेसको पक्षमा ६३ मत पुग्छ भने दुई तिहाइका लागि ७ मत कम हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज