Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मन्त्री यादवले भनिन्, ‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित छैन’


मन्त्री यादवले भनिन्, ‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित छैन’

काठमाडौँ । जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। रौतहटको गौरमा यही ५ माघमा ’बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौर काण्ड दोहोर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ। उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन्।

‘हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो। त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ मन्त्री यादवले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आफ्नो अभिव्यक्ति कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको भन्दै उनले सिके राउतलाई मार्ने धम्की नदिएको नाम उल्लेख नगरी बताएकी छन् ।

७ चैत २०६३ मा तत्कालीन नेकपा माओवादी र मधेशी जनअधिकार फोरमले गौरको राइसमिलमा कार्यक्रम आयोजना गर्दा भएको झडपमा २८ जना मारिएका थिए। सिके राउत नसच्चिए सोही घटना दोहो¥याउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको चौतर्फी विरोध भइरहेको छ। तर, सोमबार उनले विज्ञप्ति जारी गरेर भनेकी छन्, ‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अतिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछ। मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु।

साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु। अगामी दिनमा यसप्रति सचेत रहनेछ।’ विज्ञप्तिको पूर्णपाठ नेपालमा संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, नागरिक स्वतन्त्रता प्राप्तिका लागि मधेसी, आदिवासी–जनजाती, दलित, महिला, थारु, मुस्लिम, उत्पीडित जातजाति र अल्पसंख्यक समुदायहरुमाथि वषौदेखि कायम रहेको थिचोमिचो, शोषण, दमन, उत्पीडन, विभेद र असमानता अन्त्य गरी पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएको ऐतिहासिक मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहुति दिने महान वीर सहिदहरुको सम्झनामा उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली अपण गर्न प्रत्येक वर्ष माघ ५ गतेलाई ’बलिदानी दिवस’ को रुपमा मनाउँदै आएको सबैलाई सर्वविदितै छ। त्यसै क्रममा हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी यूवा संघ’ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो।

त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ। मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु। साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछ। मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछ। साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

गृहमन्त्री लामिछाने पदमुक्त : सांसद पद पनि खारेज (फैसलाको पूर्णपाठसहित)

गृहमन्त्री लामिछाने पदमुक्त : सांसद पद पनि खारेज (फैसलाको पूर्णपाठसहित)

राष्ट्रपतिमा उमेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

राष्ट्रपतिमा उमेदवारी दिने कांग्रेस पदाधिकारी बैठकको निर्णय

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीको परीक्षण हुन्छः प्रवक्ता महत

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीको परीक्षण हुन्छः प्रवक्ता महत

राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाट नै  हुन्छ : जनार्दन शर्मा

राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाट नै हुन्छ : जनार्दन शर्मा

प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना  निर्वाचित

प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना निर्वाचित

उपेन्द्रले देउवासँग मुख्यमन्त्रीका लागि मागे विश्वासको मत

उपेन्द्रले देउवासँग मुख्यमन्त्रीका लागि मागे विश्वासको मत

भर्खरै प्रकाशित

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि