Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जसपा–एमाले समीकरण–एकल बहुमत सहित प्रदेश सरकार बनाउने दाउ

Author Avatar साझा न्यूज 8th October 2022 , 10:05 PM
जसपा–एमाले समीकरण–एकल बहुमत सहित प्रदेश सरकार बनाउने दाउ

नवीन झा
काठमाडौं– सत्ता गठबन्धनले दिएको १६ सिटमा चित्त दुखाएर जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग तालमेल गर्न पुग्यो।

गठबन्धनको बिहीबारको बैठक नै छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न गएका जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँग १७ सिटमा सहमति गरे।

प्रतिनिधिन सभाको एक सिट मात्र बढी लिएर गठबन्धन तोडेर आखिर जसपा नेपाल किन नेकपा एमालेसँग मिल्न गयो भनेर यतिबेला राजनीतिक वृत्तामा चासोका रुपमा हेरिएको छ।

डेढ वर्ष अघि फर्किँदा एमालेलाई समर्थन गर्ने कि नगर्ने भन्ने विवादकै कारण जसपा विभाजन भएको थियो। त्यसबेला जसपाका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीलाई प्रतिगमनको मतियार भएको भन्दै गठबन्धनमा मिसिन गएका थिए।

महन्थ ठाकुर पक्षले भने तत्कालीन एमाले मधेशको मुद्दामा समर्थन गर्न तयार भएको भन्दै एमालेसँग मिल्ने पक्षमा उभिएका थिए। त्यही द्वन्द्वले अन्ततः एकीकरणको एक वर्षमै जसपा नेपाल पुनस् फुट्यो।

तर, पार्टी फुटेको ठिक एक वर्षपछि उपेन्द्र यादव गठबन्धनसँग अलिग्एर एमालेसँग निर्वाचनमा तालमेल गर्न पुगेका छन्। सरकारमासमेत सहभागी भएको जसपाले गठबन्धनसँग अन्तिम समयमा आएर छुट्टिएर एमालेसँग तालमेल गरेको छ।

जसपा नेता राम सहाय यादव गठबन्धनबाट जसपा अलिग्नुको तीन कारण रहेको बताउँछन्। ‘पहिलो कुरा हामीलाई गठबन्धनमा कांग्रेसले हेपेको महसुस गर्‍यौं,’ गठबन्धनले बनाएको कार्यदल सदस्यसमेत रहेका नेता यादवले भने, ‘गठबन्धनमा मुख्यगरी कांग्रेसले मधेशमा हाम्रो अस्तित्व नै छैन भन्ने जरी व्यवहार गरिराख्यो। दोस्रो मधेश प्रदेशमै हामी कमजोर बन्नेगरी सिट बाँडफाँटको कुरामा आयो। हामीले त्यो मान्न सकिने अवस्था नै थिएन। तेस्रो प्रतिनिधि सभामा हामीले पाउने सिटका कारण हामीले समानुपातिक मत पनि कम आउने देखियो।’

उनले एमालेसँग जाँदा मधेश प्रदेशमा प्रत्यक्षतर्फको ६४ मध्ये ४३ सिट पाएको र प्रतिनिधि सभामा मधेशमा ५० प्रतिशत सिट पाएको दाबी गरे। उनले भने, ‘एमालेसँग जाँदा हामीले मधेश प्रदेशको प्रत्यक्षतर्फको ६४ मध्ये ४२ सिट पाएका छौं। यस्तै प्रतिनिधि सभामा ५० प्रतिशत हाम्रो भागमा परेको छ। यसले हामीले केन्द्रदेखि प्रदेशसम्मको राजनितीमा मद्दत पुगेको छ।’

जसपा प्रवक्ता मनिष सुमनले गठबन्धनले १६ सिटको कुरा सार्वजनिक बाहिर गरे पनि प्रतिनिधि सभामा १२र१३ सिट र मधेश प्रदेशमा २१ सिट मात्र तयार भएकाले आपूहरु एमालेसँग तालेमल गर्न बाध्य भएको बताए।

अघिल्लो निर्वाचनपछिको पाँच वर्ष मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार विद्यमान छ। प्रदेश सरकारका लागि जसपाले सुरुमा तत्कालीन राजपा र पछि कांग्रेसहित माओवादीसँगको गठबन्धन बनाएको छ।

सत्ता गठबन्धनमा कांग्रेस मधेश प्रदेशमा बहुमत सिट दिन अन्य दलहरुलाई तयार छैन। कांग्रेसको मधेश प्रदेश समितिले ६० प्रतिशत सिट आफूसँग राख्न लगातार दबाब दिँदै आएको थियो। जसपालाई सबैभन्दा झस्काएको विषय नै यही हो।

विगत पाँच वर्षको अविधमा केन्द्रमा १८ महिना मात्र अहिले जसपा सरकारमा रहे पनि मधेश प्रदेशको सरकारको लागातार पाच वर्ष नेतृत्व गरेको छ। एमालेसँगको तालमेलपछि जसपालाई स्थानीय नेता कार्यकर्ताको व्यवस्थापन गर्न धेरै सहज भएको देखिन्छ।

जुन कुरा आउदो ४ मंसिरको निर्वाचनपछि पनि जसरी भए पनि जसपा प्रदेश सरकार आफ्नै पोल्टामा पार्न कसरत कसेको देखिन्छ। जसपा मधेश प्रदेश कार्यसमितिका एक सदस्यका अनुसारका एमालेले ४२ सिट प्रत्यक्षतर्फ प्रदेशमा लिएकाले जसपाले यो पटक एक्लै बहुमत ल्याउने वा एमालेसँग मिलेर प्रदेश सरकार बनाउने तयारीमा देखिन्छ।

‘केन्द्रमा हाम्रो आफ्नै सिमितताहरु छन्,’ जसपाका एक शीर्ष नेता भन्छन, ‘हामीले त्यही भएर प्रतिनिधि सभामा १७ सिट जित्ने गरी अघि बढेका हौं। तर हाम्रो मुख्य निशाना मधेश प्रदेश सरकारमा छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज