कपिलवस्तु, २५ अशोज । नेपाल कम्युनिस्ट पार्टीको नवौं राष्ट्रिय महाधिवेशन कपिलवस्तुको शिवराज नगरपालिका को शिवगढीमा आजबाट शुरु हुदैछ । महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले गर्ने कार्यक्रम छ । नवनिर्मित पार्टी केन्द्रीय कार्यलयमा महाअधिवेशन गर्न लागिएको हो ।
महाअधिवेनमा भाग लिन देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षक कपिलवस्तु आएका छन् । महाधिवेशनको आज उद्घाटन सत्र आज हुने र भोलि देखि बन्द सत्र सुरु हुने आयोजकले बताएको छ । कार्यक्रममा केन्द्रिय नेताहरु क्रृषि कटेल, भरत बहादुर बिक, अनिल शर्मा, उमा भुजेल, भरत बम, माइला लामा लगायतका नेताहरु उपस्थीत रहेको छ ।