जनमत पार्टीका जिल्ला सचिव जितेन्द्र चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ ।
जनमत पार्टीको प्रभावशाली नेताको रुपमा छवि बनाएका जिल्ला सचिव जितेन्द्र चौधरी पार्टी परित्याग गरी जसपा नेपालमा प्रबेश गर्नु भएको जसपा कपिलवस्तुका जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताउनु भयो ।
शुद्धोधन गाउपालिका २ नन्दनगरबाट गत स्थानीय चुनावमा नेपाली काग्रेसबाट वार्ड अध्यक्ष पदका उम्मेदवार रहेका मायाराम यादव जसपा प्रबेश गरेको जिल्ला अध्यक्ष यादवले जानकारी दिनुभयो ।
प्रवेश कार्यक्रममा जसपा नेता बिजय यादव, नेता असफाक अहमद, सन्दीप कुर्मी, रामनयन यादव, कपिलवस्तु क्षेत्र नं १(१) प्रदेशसभा सदस्य पद जसपाका उम्मेदवार मेवालाल यादव लगायत को उपास्थिति रहेको थियो ।
















































