Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चौधरी ग्रपद्धारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता त्रिपाठीद्वारा उद्योग शिलान्यास गर्न अवरोध गरेपछि स्थानीय युवाको आपत्ती

Author Avatar साझा न्यूज 8th November 2022 , 4:32 PM
चौधरी ग्रपद्धारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता त्रिपाठीद्वारा उद्योग शिलान्यास गर्न अवरोध गरेपछि स्थानीय युवाको आपत्ती

नवलपरासी । चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रा.ली उद्योग स्थापनाको काम सुरु गरेको छ । उद्योग स्थापना गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग दर्ता भई संचालन अनुमति लिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त उद्योग दर्ता न. ३०१७०४÷०७९÷०८० रहेको छ ।

उद्योग स्थापनाकालागी ग्रुपले पश्चिम नवलपरासीको सुस्तागाउँपालिकामा करिव पाँच विगाहा जग्गा खरिद गरेर उद्योग स्थापनाको काम थालेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योगको शिलान्यास गरि तत्काल निर्माणको काम सुरु गर्ने तयारी गरेका थिए । तर यस बिषयलाई नवलपरासी १ बाट उम्मेदवार रहेका जनता प्रगतिशिल पार्टीका नेता हृदयेश त्रिपाठीले अवरोध गरेका छन् । त्रिपाठीले यहाँ उद्योगको शिलान्यास गर्न नदिन प्रशासनसंग हार गुहार गरेका छन् । शिलान्यास गरिए त्यसको अवरोध गर्ने र चुनाव विथोल्ने समेतको धम्की दिएको प्रशासन स्रोतले जानकारी दिएको छ ।

त्रिपाठीले आफ्नो चुनावी सभामा समेत सीजीले उद्योग खोल्न नपाउने भन्दै सार्वजनिक रुपमै पनि अभिव्यक्ति दिदै आएका छन् । उद्योग खोल्न अवरोध गरेर त्रिपाठीले आफ्नो विकास विरोधी चरित्रलाई थप उदांगो बनाएको स्थानीयको भनाई छ । सुस्ता गाउँपालिका वडा नम्बर ४ का प्रमोद पाण्डेले भन्नुभयो ‘उहाँले आफू पनि केही गर्नुभएन र अरुलाई पनि गर्न दिन्न भन्नु आपत्तीजनक छ । हामीलाई यहि रोजगारी पाउने वातावरण बनाउने राजनीति चाहिएको हो ।’ यहाँ रोजगारको अवसर उपलब्ध नभएपछि लुम्बिनी प्रदेशमै यस क्षेत्रबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीमा गएका छन् ।

प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का हरीजन चौधरी भन्नुहुन्छ‘ अहिले हरेक घरघरमा हेर्ने हो भने युवाहरु सबै विदेश छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा बढि विदेश जानेमा यो जिल्ला नै पर्छ । यही उद्योग खुल्छ भने किन विरोध गर्ने ? कि विरोध गर्नेले हामीलाई रोजगारीको व्यवस्था मिलाउनु प¥यो ।’ चौधरीले भन्नुभयो । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उद्योग विस्तार गर्ने काम तत्कालका लागि अवरोध गरिए पनि निर्वाचन लगत्तै अगाडी बढाइने बताउनुभयो ।

‘यस क्षेत्रलाई हामीले औद्योगीक पार्कका रुपमा विकास गर्नेछौँ । यहाँ अन्य उद्योगहरु पनि विस्तार हुदै जाने छन् जसकाकारण धेरैभन्दा धेरै युवाहरुका लागी रोजगारीका अवसर र किसानका लागि उचित मूल्य पाउने वातावरण तयार हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज