Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

केही नयाँ गरि देखाउने किशोरको अठोट

Author Avatar साझा न्यूज 16th November 2022 , 7:07 PM
केही नयाँ गरि देखाउने किशोरको अठोट

नेपालगन्ज, कात्तिक ३० :
दुर्गम पहाडी जिल्ला सल्यानमा जन्मिएका किशोरसिंह राठौरको शिक्षा बाल्यकाल देखि नै काठमाडौंमा प्रारम्भ भयो । काठमाडौंमा पढ्न जानु नै उनका लागि विद्यार्थी राजनीतिको खुड्किला चढ्ने आधार बन्यो । यिनै किशोर देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी नेपाली काँग्र्रेसको सह-महामन्त्रीको पदमापुग्न सफल भए ।

अहिले उनी बाँके निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार भएका छन् । यसअघि उनी समानुपातिक तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका छन् । किशोर यो ठाउँसम्म सजिलै पुगेका होइनन् । ‘अनेक थरी उतार चढाव भोग्नु प¥यो । सोचेजस्तो सधैं कहाँ हुन्छ र ?, आफ्ना बारे किशोर भन्छन्, ‘साढे तीन दशक निरन्तर लागेर बल्ल अहिलेको ठाउँ बनाउन सकेको छु ।’ २०२६ बैशाख १५ गते सल्यान, बडागाउँमा जन्मेका किशोरले गाउँमा प्रारम्भिक शिक्षा लिएर माध्यमिक तहसम्मको शिक्षा भने काठमाडौंस्थित सिद्धार्थ वनस्थलीमा पुरा गरे । सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनलाई उच्च अध्ययनका लागि काठमाडौंस्थित त्रिचन्द्र कलेजमा भर्ना भएपछि विद्यार्थी राजनीतिको नसाले छोयो । ‘२०४१ साल तिर क्याम्पसमा पढ्दा पढ्दै म नेविसंघको राजनीतिमा लागेको हुँ,’ उनी भन्छन् ।

त्रिचन्द्रबाट स्नातक तह उत्तीर्ण किशोर २०४९ सालमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सचिवमा निर्वाचित भए । २०५१ सालमा सोही कलेजको स्ववियु सभापतिको जिम्मेवारीमा पुगेका उनी २०५२ सालमा स्वतन्त्र विद्यार्थी युनियनहरुको छाता संगठन स्ववियु फोरमको संस्थापक सभापति समेत भए । लगतै २०५३ सालमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सह–महामन्त्रीर २०५८ सालमा नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएर उनले संगठनको नेतृत्व सम्हाले । त्यतिबेला नेपाली काँग्रेसका नेता सुशील कोइराला बाँके क्षेत्र नं. २ लाई केन्द्रविन्दुमा राखी राजनीति गरिरहेका थिए । आफ्नो घर नेपालगञ्ज फुल्टेक्रामा भएपनि बर्दियाको राजापुर क्षेत्रलाई राजनीति गर्ने केन्द्र बनाउने मन्सुबा राख्दै किशोर २०५८ तिर त्यता सक्रिय भए । ‘नेविसंघमा रहँदासम्म पार्टीको राजनीति गर्नु मैले उपयुक्त ठानिनँ,’उनी भन्छन् ‘एक जनाले एउटामात्र पद लिनुपर्छ भन्ने मान्यता राख्ने नेता हुँ म । तर, बर्दियामा कांग्रेस सुदृढ गर्न भने लागि नै रहेँ ।’

नेविसंघको नेतृत्व हस्तान्तरण गरिसकेपछि काँग्रेस पार्टीको राजनीतिमा पूरै होमिएका किशोरका निम्ति बर्दियामा संगठन निर्माण गर्नु निकै चुनौतिपूर्णथियो ।  सरकार–माओवादी द्वन्द्वकालको त्यस बेला ‘मिनी रोल्पा’ भनेर चिनिने राजापुरमा कांग्रेसले सांगठनिक कामगर्न सक्ने अवस्था सहज थिएन पनि । त्यसबेला राजापुर क्षेत्रमै बसेर पार्टीको संगठनलाई चलायमान बनाउन किशोर प्रयत्नशील रहे । जुझारु र कुशल संगठनकर्ताको रुपमा आफुलाई चिनाउन सफल भएका उनी नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । द्वन्द्वरत माओवादी शान्ति प्रक्रियामा आईसकेपछि २०६४ सालमा पहिलो संविधान सभा निर्वाचन भयो । काँग्रेसले किशोरलाई पनि समानुपातिक उम्मेदवार बनायो ।

पहिलो संविधान सभाबाट संविधान जारी हुन नसकेपछि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ नै उम्मेदवार बनाउँदा किशोरका निम्ति परिणाम प्रतिकूल रह्यो । २०७४ सालको निर्वाचनमा काँग्रेसको समानुपातिक सांसदमा चयन भएका किशोरले बर्दियासँगै बाँकेको विकास–निर्माण गतिविधि र पार्टी संगठनका विषयमा चासो लिंदै आवश्यक भूमिका गरिरहे । गतवर्ष सम्पन्न पार्टीको १४ औं महाधिवेशनबाट सह–महामन्त्री पदमा निर्वाचित किशोरलाई आसन्न मंसिर ४ गते हुन लागेको आम निर्वाचनका लागि काँग्रेसले बाँके क्षेत्र नं. ३ बाट अवसर दिएको छ । किशोरको उम्मेदवारीबाट बाँकेलाई अभिभावक मिलेको महसुस गरिरहेका स्थानीय उत्साहित देखिएका छन् ।

बाँके क्षेत्र नं. ३ मा चुनाव लड्ने निश्चित भएपछि उनीविरुद्ध विपक्षीले ‘टुरिष्ट उम्मेदवार’ भन्दै अनर्गल प्रचारबाजी गरे । तर, आफुविरुद्ध गरिएको प्रचारबाजीलाई चिर्न किशोर सफल भए । ‘पुख्र्यौली घर सल्यान भएपनि बुवाले ६० वर्ष अगाडी नेपालगन्जको फुलटेक्रामा र ४० वर्षअघि काठमाडौंमा घर बनाउनु भएको थियो, मेरा विषयमा थाहा नै नपाएकालाई के दोष दिनु र हैन ?, हाँस्दै उनी भन्छन् ‘म बाँकेबासी भएपनि बर्दियामा राजनीति गर्न जानु बाध्यात्मक अवस्था थियो, पैसा कमाउन खोजेको भए पुख्र्यौली सम्पत्तिले ब्यापार ब्यवसाय गर्थें होला । तर, सेवा गर्ने भावनाले उत्प्रेरित भएर स्वेच्छाले राजनीति तर्फ डोरिएँ ।’ व्यक्तिगत केही स्वार्थ भन्दापनि मुलुक र जनताका लागि आफुले राजनीति गरेको धारणा राख्ने किशोर अहिले सोचेजस्तो राजनीति नभइरहेको बताउँछन् । ‘राजनीति भनेको प्राप्त गर्ने कुरा जस्तोमात्र भएको देखिएको छ, ‘उनी भन्छन्, राजनीति त एक किसिमको सामाजिक सेवा हो भन्ने मान्यता स्थापित हुनुपर्ने थियो ।’

बाँके क्षेत्र नं. ३ बाट चुनाव लड्दै गर्दा बाँकेबासीले आफुबाट ठुलो अपेक्षा गरेको किशोरको बुझाइ छ । ‘म बाँकेबासी भएपनि सुशील दाई र मेरो एउटै क्षेत्र पर्ने भएपछि त्यतिबेला राजनीति गर्न बर्दियाको राजापुर क्षेत्रतर्फ गएको हुँ, अहिले  गठबन्धन गर्ने क्रममा माओवादीलाई त्यो क्षेत्र छाड्नुपर्ने भएपछि बाँकेको क्षेत्र नं. ३ बाट पार्टीले अवसर दिएकोलाई एक संयोग नै भन्छु कि म आफ्नै जिल्लामा आएको छु,’ उनी भन्छन्, ‘अब यही जिल्लाबाट निर्माण विकासका काम गर्ने सोच बनाएको छु, सुशील दाईको अभाव साथीहरुलाई महसुस नहुने गरि अब बाँके जिल्लाको लागि अभिभावकीय भूमिका निभाउँछु । सुशील दाईको सपना सिक्टा सिँचाइ आयोजना, भेरी बबई डाईभर्सन जस्ता ठुला योजनालाई अगाडी बढाउने र परम्परागत भन्दा निर्माण-विकासतर्फ केही नयाँ गरि देखाउने अठोट लिएको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज