Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तोडियो कपिलवस्तुमा एमाले–जसपा गठबन्धन

Author Avatar साझा न्यूज 9th October 2022 , 6:59 PM
तोडियो कपिलवस्तुमा एमाले–जसपा गठबन्धन

कपिलवस्तुमा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका नेताहरूले पूर्व सहमति अनुसारको उम्मेदवारको मनोनयन गरेर यसअघि गरेको गठबन्धन तोडेका छन् । केन्द्र स्तरमा दुई पार्टी बीच भएको सहमति अनुसार तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा एमालेलाई र दुई प्रदेश सभा जसपाले पाएका थिए ।

आइतबार बिहान १० बजेसम्म सोही निर्णय अनुसार दुवै दल मिलेरै मनोनयन दर्ता गर्ने तयारीमा थिए । तर, एकाएक जसपाबाट प्रदेश सभाका उम्मेदवार बनेका सहश्रराम यादव कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेपछि यहाँको राजनीतिक समीकरण फेरिएको हो ।

अहिले यादव जसपाबाट लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री छन् । उनी दिउँसो १२ बजेसम्म एमाले जसपा गठबन्धनबाट उम्मेदवारी दर्ता गराउने गरी तयारीमा थिए । सोही अनुसार छाता चुनाव चिह्नसहितको दलबलसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय गजेहडा आएका यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बन्न पुगेका छन् ।

यादव कांग्रेसबाट उम्मेदवार बनेपछि गठबन्धनको एक घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ । गठबन्धन अनुसार यस क्षेत्र आफूले पाउनुपर्ने दाबी गर्दै आएको समाजवादीले फैजल खानलाई उम्मेदवार बनाएको छ ।

यादव कांग्रेसका उम्मेदवार बनेपछि एमालेले गठबन्धन तोड्दै जसपाले पाएको निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

प्रतिनिधिसभा १ को ‘ख’ मा एमालेले मधुसूदन चौधरीलाई उम्मेदवार बनाएको छ । उनी केही दिनअघि उम्मेदवार पाउने सर्तमा लोसपाबाट एमाले प्रवेश गरेका थिए । तर जसपासँगको केन्द्रमा भएको सहमतिअनुसार यो क्षेत्रमा यादवलाई दिन एमाले तयार भएको थियो ।
जसपाका उम्मेदवार यादव कांग्रेस प्रबेश गरेपछि नेपाली कांग्रेसका नेता मेवालाल यादव कांग्रेस परित्याग गरी जसपाबाट कपिलबस्तु क्षेत्र नं. १ को ख बाट उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी जसपाले क्षेत्र नं २ को प्रदेश सभा ‘ख’ बाट अब्दुल रसिदलाई उम्मेदवार बनाएको छ । यो क्षेत्र एमालेले पाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज