साझा न्यूज । तौलिहवा
तौलिहवा । असोज २४ गते । नेपाली कांग्रेसका नेता अभिषेक प्रताप शाहले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । शाह २०७४ को निर्वाचनबाट पनि नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले कपिलबस्तु क्षेत्रनं. ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।शाह सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।
त्यस्तै कपिलबस्तु क्षेत्र नं. ३ मा नेकपा एमालेले मंगल प्रसाद गुप्तालाई उम्मेदवार बनाएको छ । गुप्ताले पनि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै जनता प्रगतिशिल पार्टी नेपालबाट ईश्वर दयाल मिश्रा, राप्रपाबाट प्रकाश रजौरीया र जनमत पार्टीबाट नरसिंह चौधरी उम्मेदवारी दर्ता गराउनु भएको हो ।
















































